बिरामीकाे उपचारका लागि थर्पु युवा क्लवकाे सहयाेग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बिरामीकाे उपचारका लागि थर्पु युवा क्लवकाे सहयाेग

    खबरपुञ्ज संवाददाता

    ८ असार २०८१, शनिबार

    दमाैली । तनहुँकाे म्याग्दे गाउँपालिका-४ स्थित थर्पु युवा क्लवले दुई बिरामीकाे उपचारका लागि आर्थिक सहयाेग गरेकाे छ । क्लवले स्तन क्यान्सर र एपेन्डिक्सबाट थलिएकी दुई जनालाई उपचारमा सहयाेग पुर्याउन आर्थिक सहयाेग गरेकाे हाे ।

    थर्पुका स्तन क्यान्सर पीडित सुनकुमारी मल्लकाे उपचारका लागि रु दश हजार सहयाेग गरिएकाे क्लवका अध्यक्ष नवराज हमालले जानकारी दिए । उनकाे बारेमा जानकारी पाएपछि पीडितकाे घरमै पुगेर सहयाेग गरिएकाे गाैरवराज रानाले जानकारी दिए।

    May be an image of 8 people, people smiling and text

    यस्तै म्याग्दे गाउँपालिका-१ बाख्रे निवासी एपेन्डिक्सबाट थलिएकी सलिना गुरुङलाई पाँच हजार पाँच सय सहयाेग गरिएकाे छ । आर्थिक अभावमा उपचारबाट वञ्चित उनकाे उपचारका लागि सहयाेग पुर्याउन उक्त रकम शनिबार घरमै पुगेर हस्तान्तरण गरिएकाे छ ।

    May be an image of 8 people