बन्दीपुरवासीलाई केबलकारको सहुलियत कार्ड
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुरवासीलाई केबलकारको सहुलियत कार्ड

    खबरपुञ्ज संवाददाता

    १० असार २०८१, सोमबार

    दमौली । तनहुँको बन्दीपुरमा सञ्चालनमा आएको बन्दीपुर केबलकारले बन्दीपुरवासीलाई सहुलियत कार्ड उपलब्ध गराउने भएको छ ।

    बन्दीपुरवासीलाई नियमित छुट सुविधा हुने गरी सहुलियत कार्ड उपलब्ध गराइने बन्दीपुर हिलले जनाएको छ । कार्ड लिनेहरुका लागि केबलकारको दोहोरो सवारी जम्मा तीन सय २५ मा हुने गरी व्यवस्था गरिएको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए ।

    उनले भने, ‘स्थानीयलाई सुविधा दिनका लागि यो घोषणा गरिएको हो ।’ बन्दीपुर केबलकार गत असार ३१ गतेदेखि व्यावसायिक रुपमा खुल्ला गरिएको छ ।