साफ यु-२० का लागि तनहुँका दुई खेलाडी छनोट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    साफ यु-२० का लागि तनहुँका दुई खेलाडी छनोट

    खबरपुञ्ज संवाददाता

    २५ असार २०८१, मंगलवार

    दमौली । नेपालमा आयोजना हुने साफ यु-२० च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले छनोट गरेको खेलाडीमा तनहुँका दुई जना परेका छन् । देशभरका ४० खेलाडीमध्ये तनहुँका दुई जना बन्द प्रशिक्षणमा परेका हुन् ।

    बन्दीपुर-४ विमलनगर निवासी राम थापा र लक्षु थापा बन्द प्रशिक्षणका लागि छनोट भएका छन् । सिद्धगुफा युवा क्लवबाट फुटबल खेल्दै आएका उनीहरु जुम्ल्याहा हुन् । रामले यसअघि यु-१७ मा अन्तराष्ट्रिय खेल खेलिसकेका छन् ।

    प्रतियोगिता साउन ३२ गतेदेखि भदौ १२ गतेसम्म काठमाडौंमा हुँनेछ । प्रतियोगिताको उद्घाटनमा नेपालले श्रीलंकाको सामना गर्नेछ ।

    समूह ए मा रहेको नेपालले दोस्रो खेल पाकिस्तान विरुद्ध भदौ ३ गते र तेस्रो खेल बंगलादेशसँग भदौ ६ गते खेल्नेछ ।

    समूह बी मा भारत, माल्दिभ्स र भुटान छन् । सेमिफाइनलका दुवै खेल भदौ १० गते फाइनल भदौ १२ गते हुनेछ। यो प्रतियोगिता पछि नेपाली टोलीले यु-२० एसियन कपको छनोट समेत खेल्नेछ ।