भानुले हटाएका कर्मचारी पुनर्बहाली गर्न कर्मचारी युनियन र संगठनको माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भानुले हटाएका कर्मचारी पुनर्बहाली गर्न कर्मचारी युनियन र संगठनको माग

    खबरपुञ्ज संवाददाता

    २ श्रावण २०८१, बिहीबार

    दमौली । नेपाल निजामति कर्मचारी युनियन र नेपाल निजामति कर्मचारी संगठनले भानु नगरपालिकाले हटाएका कर्मचारी पुनर्बहाली गर्न माग गरेको छ ।

    युनियनका अध्यक्ष नारायणप्रसाद अधिकारी र नेपाल निजामति कर्मचारी संगठनका अध्यक्ष रुद्र ठकुरीले बिहीबार संयुक्त विज्ञप्ती जारी हटाइएका कर्मचारी पुनर्बहाली गर्न माग गरेका छन् ।

    भानु नगरपालिका अन्तर्गत २० औं वर्षदेखि कार्यरत केही कर्मचारीहरुका सन्दर्भमा भानु नगरपालिकाको १४ औं नगर सभाको निर्णयले अवकास गर्ने प्रस्ताव बहुमतका आधारमा स्वीकृत गरिएको विषयवाट कर्मचारीमा पर्न गएको अन्याय प्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।