ऑबुखैरेनीमा दुई सवारी एक मिनेटको अन्तरालमा दुर्घटना !
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनीमा दुई सवारी एक मिनेटको अन्तरालमा दुर्घटना !

    खबरपुञ्ज संवाददाता

    २५ श्रावण २०८१, शनिबार

    दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका-३ मिलनचोकमा शनिबार बिहान एक बस र एक माइक्रो दुर्घटना हुँदा १३ जना सामान्य घाइते भएका छन् ।

    शनिबार बिहान करिब ८ बजेको समयमा एक मिनेटको अन्तरालमा दुई सवारी साधन चिप्लिएर दुर्घटना हुँदा १३ जना घाइते भएका हुन् ।

    लमजुङबाट नारायणगढ तर्फ जादै गरेको ग १ ज ८२९४ नम्बरको विद्युतीय माइक्रो बस र दमौलीबाट मुग्लिनतर्फ जाँदै गरेको बा ४ ख ४४७० नम्बरको माइक्रो अनियन्त्रित भई सडकमा सडकमा पल्टिएको थियो ।

    दुर्घटनाका घाइतेको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय ऑबुखैरेनीले जनाएको छ ।