दमौली । स्थानीय तह संस्थागत स्वमूल्याङ्कनमा तनहुँको ऑबुखैरेनी गाउँपालिका जिल्लामा प्रथम हुन सफल भएको छ । सङ्घीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयले सार्वजनिक गरेको अन्तिम मूल्याङ्कन अनुसार आर्थिक वर्ष २०७९÷८० को प्रतिवेदनमा ऑबुखैरेनी गाउँपालिका जिल्लाका दश पालिकामध्ये प्रथम भएको हो ।
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ऑबुखैरेनी पॉचौ बन्न सफल भएको छ ।
गाउँपालिकाले कूल एक सय अङ्कमध्ये ८५.७५ अङ्क प्राप्त गरेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो ।
शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन, सहकार्य र समन्वयका सूचकका आधारमा ऑबुखैरेनी जिल्लामै प्रथम घोषित भएको अध्यक्ष चुमानको भनाइ छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुको संस्थागत क्षमता मूल्याङ्कनका लागि दश विषय क्षेत्रहरुमा तीन स्थितिहरु विभाजन गरी उक्त नतिजा सार्वजनिक गरेको हो ।