जामुनेको तीज प्रतियोगितामा चर्चित गायिका भूमिका गिरी आउने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जामुनेको तीज प्रतियोगितामा चर्चित गायिका भूमिका गिरी आउने

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । म्याग्दे गाउँपालिका-२ जामुनेमा आयोजना हुने तीज गीत प्रतियोगितामा चर्चित गायिका भूमिका गिरीको प्रस्तुती रहने भएको छ ।

    न्यु भिजन युवा क्लवको आयोजनामा भदौ २१ र २२ गते हुने प्रतियोगितामा गायिका गिरीको प्रस्तुती रहने भएको हो।

    त्यस्तै गायिका चिना थापा मगरको समेत कार्यक्रममा प्रस्तुती रहने क्लवका अध्यक्ष राजिव श्रेष्ठले जानकारी दिए ।

    प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको क्लवले जनाएको छ।