तनहुँमा छ सवारीसाधन ठोक्किदा चार जना घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा छ सवारीसाधन ठोक्किदा चार जना घाइते

    खबरपुञ्ज संवाददाता

    ११ भाद्र २०८१, बुधबार

    दमौली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-१ रिमाल्नीमा बुधबार दिउँसो छ सवारीसाधन ठक्कर खॉदा चार जना घाइते भएका छन् । 

    राजमार्गमा ट्रक, बस, माइक्रो र बोलेरो ठक्कर खॉदा चार जना घाइते भएका हुन् । 

    दमौली तर्फबाट डुम्रे तर्फ जाँदै गरेको ना ५ ख २०३४ नं. को बसको ब्रेक फेल हुँदा सोही दिशा तर्फ जाँदै गरेको ग ३ ख १३९० न.को ट्रकलाई ठक्कर दिई बस अनियन्त्रित हुँदा सोही दिशामा जादै गरेको ग ३ च ८३९० न.को  बलेरोलाई ठक्कर दिएको थियो । 

     उक्त बोलेरो गाडीले सोही दिशामा जादै गरेको ग १ ख ९५६१ नम्बरको बसलाई ठक्कर लाग्न गई उक्त बसले ना १ च ८४३४ न.को बलेरो, उक्त बलेरोले ना २ ख ३७८९ न.को हाइसलाई ठक्कर दिएको प्रहरी नायब उपरिक्षक दीपक रायले जानकारी दिए । 

    घाइते हुनेहरुमा बोलेरो चालक मकवानपुर थाहा नगरपालिका-७ बस्ने २४ वर्षीय नवराज गोले, सवार बागलुङ काठेखोला गाउँपालिका-५ बस्ने ५९ वर्षीय देवीलाल कंडेल, सोही ठाउँ बस्ने ४९ वर्षीया विमला कंडेल र सहचालक रौतहट गजुरा नगरपालिका-५ बस्ने ४६ वर्षीय निरतारिक बाबु रहेका छन् । 

    घाइतेहरुको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।