खेल्दा खोके रेड कार्ड !
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    खेल्दा खोके रेड कार्ड !

    खबरपुञ्ज संवाददाता

    १९ श्रावण २०७७, मंगलवार

    काढमाडौ । नियतबस अरु खेलाडी वा खेल पदाधिकारीका अगाडि खोक्ने खेलाडीलाई पनि अब रातो कार्ड दिन सक्ने निर्णय भएको छ । 

    अन्तर्राष्ट्रिय फुटबल एसोसिएशन बोर्ड (आइफाब)ले नियतबस अरु खेलाडी वा खेल पदाधिकारी तिर खोक्ने खेलाडीलाई पनि अब रातो कार्ड दिन सक्ने निर्णय गरेको हो । 

    फुटबलका नियम निर्माता तथा फुटबल एसोसिएशनले, सोचविचार गरेर वा नियतबस अरु खेलाडी वा खेल पदाधिकारीतर्फ फर्केर खोक्ने खेलाडीलाई रातो कार्ड दिने व्यवस्था गरेका बीबीसीले जनाएको छ । 

    त्यसरी खोक्नुलाई अपमानजनक, अश्लिल वा दुर्व्यवहारजन्य भाषा वा व्यवहारको प्रयोग सरह लिइने छ । रेफ्रीले अवस्थाको विश्लेषण गरी निर्णय गर्न पाउने अधिकार दिइएको छ । 

    कोरोना भाइरसको विश्वव्यापी महामारीपछि ल्याइएको यो नियम तत्काल लागू भएको बेलायतको फुटबल एसोसिएशनले जनाएको छ ।