दशै‌ अगावै नागढुंगा-मुग्लिन सडक मर्मत गरिसक्ने सहमति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    दशै‌ अगावै नागढुंगा-मुग्लिन सडक मर्मत गरिसक्ने सहमति

    खबरपुञ्ज संवाददाता

    ३ आश्विन २०८१, शुक्रबार

    काठमाडौं । नागढुंगा–नौबिसे–मलेखु–मुग्लिन सडक निर्माणलाई गति दिन तीन वटै तहका सरकार र निर्माण व्यवसायीबीच ६ बुँदे सहमति भएको छ ।

    शुक्रबार भौतिक पूर्वाधार तथा  यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलमा उक्त सहमति भएको हो ।

    आयोजनामा देखिएका समस्या समाधान गरी निर्माणलाई गति दिन तीनै तहका सरकार, निर्माण व्यवसायी तथा सम्वद्ध पक्षबीच सहमती भएको हो ।

    भौतकमन्त्री देवेन्द्र दाहालले बोलाएको छलफलमा कृषि तथा पशुपन्छी मन्त्री रामनाथ अधिकारी, प्रतिनिधिसभा सदस्य राजेन्द्र पाण्डे, बागमती प्रदेशका पूर्वमुख्यमन्त्री शालिकराम जमरकट्टेल, प्रदेशका मन्त्री मधुकुमार श्रेष्ठ, विभिन्न पालिकाका प्रमुख तथा प्रतिनिधि सहभागी थिए । साथै निर्माण कम्पनीका प्रतिनिधि, कन्सल्ट्यान्ट लगायत समेत छलफलमा सहभागी थिए ।