ऑबुखैरेनी अध्यक्ष चुमानले किन दिए सडक भत्काउने चेतावनी ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनी अध्यक्ष चुमानले किन दिए सडक भत्काउने चेतावनी ?

    खबरपुञ्ज संवाददाता

    १४ आश्विन २०८१, मंगलवार

    दमौली । तनहुँको ऑबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले ऑबुखैरेनी गाउँपालिका चोकदेखि बजार क्षेत्रसम्मको सडकको चिप्लो भाग डोजर लगाइदिने चेतावनी दिएका छन् ।

    उक्त क्षेत्रमा दिनहुँजसो दुर्घटना हुने गरेको र सडक मर्मतका लागि पटक-पटक आग्रह गर्दा पनि काम नभएपछि चुमानले उक्त चेतावनी दिएका हुन् ।

    उनले भने, ‘आँबुखैरेनी पालिका देखि चोकसम्मको सडक खण्ड मा दर्जनौ सवारी साधन दुर्घटनाको कारण अलकत्रा बग्नु विटुमन व्लिडिङ भन्ने हजार पटक जानकारी अनुगमन र तत्काल मर्मत को आश्वासन पाइयो । तर काम भने भएन ।’

    चाड पर्व नजिकिदै जाँदा सडक चाप पनि बढ्ने हुदा झन् अकल्पनीय घटना नहोला भन्न नसकिने चुमानको भनाइ छ । उनले भने, ‘प्रकृयाकै समस्या हो भने पालिकालाइ जिम्मेवारी देउ हामी आफै बनाउछौ भन्दा पनि मिल्दैन । आज बेलुकासम्म पनि सम्बन्धित पक्ष मर्मत गर्न नआए डोजर लगाएर चिप्लो भाग फाल्ने जानकारी गराउँदछौ । यति धेरै दुर्घटना हुँदा पनि न संघीय मन्त्री न सङ्घीय जनप्रतिनिधिले संघीय सरकारको दायित्व भित्र को यो सडक मर्मत गर्न पहल नगर्नु दुखद कुरा हो ।’