तनहुँ क्रिकेट लिग : दमौली क्रिकेट क्लव र दमौली राइभल्स विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    तनहुँ क्रिकेट लिग : दमौली क्रिकेट क्लव र दमौली राइभल्स विजयी

    खबरपुञ्ज संवाददाता

    १८ आश्विन २०८१, शनिबार

    दमौली । तनहुँ क्रिकेट लिगको दोस्रो दिन शुक्रबार सम्पन्न खेलमा दमौली क्रिकेट क्लव र दमौली राइभल्स बिजयी भएका छन् ।

    पहिलो खेलमा अकला क्रिकेट क्लवले दमौली क्रिकेट क्लवलाइ ११५ रनको बिजयी लक्ष्य प्रस्तुत गरेको थियो | लक्ष्य पछ्याउने क्रममा दमौली क्रिकेट क्लवले १३.४ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य भेट्टाउँदै ७ विकेटको जित हासिल गरेको थियो । उक्त खेलको म्यान अफ द म्याच अविजित ३५ रन र महत्वपुर्ण ३ विकेट लिएका विनय भण्डारी घोषित भए ।

    दोस्रो खेलमा खैरेनीटार मिक्स लेजेण्डले पहिले ब्याटिङ गर्दै दमौली राइभल्सलाइ १४१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको दमौली राइभल्सले १२.५ ओभरमा लक्ष्य भेट्टाउँदै ५ विकेटको जित निकाल्न सफल भएको थियो । उक्त खेलको म्यान अफ द म्याच अविजित ७२ रन र महत्वपुर्ण २ विकेट लिएका सन्दिप गुरुङ घोषित भए ।