दमौली । युवा अभियान्ता सुदीप गफ्फारले व्यास नगरपालिका-३ स्थित मादीसेती किनारमा सरसफाई गरेका छन् । हरिबोधनी एकादशी पर्वको अवसरमा मंगलबार लागेको मेलाका कारण फोहर भएपछि गफ्फारले बुधबार बिहान सरसफाई गरेका हुन् ।
उनलाई सुन्दर प्रजापतिले सहयोग गरेका थिए । धार्मिक क्षेत्र व्यास गुफा परिसर सफा र स्वच्छ राख्न सरसफाई गरिएको गफ्फारले बताए । उनले भने, ‘हरिबोधनी एकादशीमा स्नान गर्न आउने भक्तजनका कारण यस क्षेत्रमा फोहर भएपछि फोहर संकलन गरी प्लाष्टिकमा जम्मा गरिदिएका छौ ।’