दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका-२ हलेदीबाट रु ६ लाख ४३ हजार एक सय ९० नगद सहित कौडा खेलिरहेका १३ जना पक्राउ परेका छन्। एक घरमा कौडा खेलिरहेको सूचनाका आधारमा प्रहरीले १३ जनालाई पक्राउ गरेको हो।
पक्राउ परेका सबै स्थानीय हुन्। प्रहरीले १६ थान कौडा बरामद गरेको छ। पक्राउ परेका विरुद्ध जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए ।