दमाैली । तनहुँकाे शुक्लागण्डकी नगरपालिका-५ स्थित सडकबाट नियन्त्रित लागूऔषध सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-३० ढुङ्गेपाटन बस्ने ३७ वर्षीय हरि बहादुर कुमाल र २० वर्षीय भरत कुमाल रहेका छन् ।
उनीहरुलाई डाईजेपाम १६ एम्पुल, ब्रुफिन १६ एम्पुल र फेनारगन १६ एम्पुल सहित बिहीबार पक्राउ गरिएकाे इलाका प्रहरी कार्यालय बेलचाैताराले जनाएकाे छ ।
खैरेनीटारबाट दुलेगौंडातर्फ जाँदै गरेको ग.१३ प २६२३ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।