तनहुँ बस दुर्घटना अपडेट : बस चालकको मृत्यु (घाइतेकाे नामावली सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ बस दुर्घटना अपडेट : बस चालकको मृत्यु (घाइतेकाे नामावली सहित)

    खबरपुञ्ज संवाददाता

    १ मंसिर २०८१, आईतवार

    दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ गोरचौतारामा आइतबार भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बस चालक तनहुँको तनहुँको ऋषिङ पाटन घर भई हाल कास्कीको चाउथे बस्ने ३९ वर्षीय रामबहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    पोखराबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे १ ख ३४८७ नम्बरको बस र काठमाडौबाट पोखरा आउँदै गरेको गण्डकी जिएए ००७० नम्बरको बस एकआपसमा ठक्कर खाँदा घाइते जिएए ००७० नम्बरको बस चालक परियारको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए।

    दुर्घटनामा घाइते ३० जनाको डुम्रेस्थित मोती अस्पताल र लक्ष्मी अस्पतालमा उपचार भइरहेको प्रनाउ थापाले बताए।

    दुर्घटनामा घाइते हुनेहरुमा बाँके बैजनाथका २४ वर्षीया किरण बुढा, बाँके कोहलपुर नगरपालिका–६ बस्ने १३ वर्षीया रिजु बाठा मगर, बाँके बैजनाथ गाउँपालिका–६ बस्ने १५ वर्षीया ज्ञानु थारु, सोही ठाउँका १६ वर्षीय ललित खत्री, सोही ठाउँकी मायास सिंजापती मगर, सोही ठाउँका ६ वर्षीया गुरास घर्ती मगर, १८ वर्षीय निखिलनाथ योगी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    त्यस्तै भे १ ख ३४८७ नम्बरको बस चालक बाँके कोहलपुर नगरपालिका–१० बस्ने ३७ वर्षीय किशोरजङ्ग शाही, तनहुँको म्याग्दे गाउँपालिका–३ बस्ने ३० वर्षीय रमेश रानाभाट, म्याग्देकै ५१ वर्षीया उजेली रानाभाट, बाँके बैजनाथ गाउँपालिका–६ बस्ने १४ वर्षीया विद्या पुन मगर, गोरखाको गोरखा नगरपालिका–८ बस्ने २० वर्षीय विवेक कंडेल, भक्तपुरको चाँगुनारायण नगरपालिका–५ बस्ने ३५ वर्षीया बविता थापा, कास्कीको पोखरा महानगरपालिका–१० बस्ने ४३ वर्षीयन लक्षिन गुरुङ, पोखरा महानगरपालिका–१७ बस्ने ३६ वर्षीया दुर्गा रोका घाइते भएकाे प्रहरीले जनाएको छ ।

    यसैगरी पोखरा महानगरपालिका–१२ बस्ने ४४ वर्षीया बिजुली गुरुङ, सोही ठाउँकी २५ वर्षीया कमला गुरुङ, ३९ वर्षीया बसन्ती गुरुङ, ४५ वर्षीया लक्ष्मी गुरुङ, ४० वर्षीया गङ्गा गुरुङ, ४५ वर्षीय शिव जोशी, ३७ वर्षीया ज्योति गुरुङ, पोखरा महनगरपालिका–१७ बस्ने ४१ वर्षीय सञ्जय गुरुङ, स्याङ्जाको फेदीखोला गाउँपालिका–४ बस्ने ५५ वर्षीया चन्द्रकुमारी गुरुङ, बाँकेका ४४ वर्षीय शिवलाल न्यौपाने, कोहलपुर नगरपालिका–६ बस्ने १६ वर्षीया निर्मला शाही, २१ वर्षीया विनिता विक, स्याङ्जा पुतलीबजार नगरपालिका–१३ बस्ने २५ वर्षीय सुरज तिवारी, कास्कीको पोखरा महानगरपालिका–१७ बस्ने ४९ वर्षीय निर्मल भुजेल घाइते भएका छन् ।

    त्यस्तै ठेगाना नखुलेका १८ वर्षीय रियाद केसी टाउकोमा गम्भीर चोट लागेर थप उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ ।