व्यास नगरपालिकाले जिल्ला सभागृहको सञ्चालनको जिम्मा लिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास नगरपालिकाले जिल्ला सभागृहको सञ्चालनको जिम्मा लिने

    खबरपुञ्ज संवाददाता

    २३ मंसिर २०८१, सोमबार

    दमौली । तनहुँको व्यास नगरपालिका–३ मा रहेको जिल्ला सभागृहको सञ्चालनको जिम्मेवारी व्यास नगरपालिकाले लिने भएको छ । जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको उक्त सभागृहको सञ्चालन अब व्यास नगरपालिकाले गर्न लागेको हो ।

    जिल्ला सभाले उक्त सभागृहको सञ्चालनको जिम्मा लिन व्यास नगरपालिकालाई प्रस्ताव गरेकामा नगरपालिकाको आइतबार बसेको कार्यपालिकाको बैठकले सञ्चालनको जिम्मा लिने निर्णय गरेको प्रवक्ता सुरेश थापाले जानकारी दिए ।

    शहरी विकास मन्त्रालयको रु २३ करोड ६२ लाख ४३ हजार तीन सय ३१ को लागतमा सभागृह निर्माण सम्पन्न भएको हो । उक्त सभागृहको गत वर्षको असोज ६ गते उद्घाटन गरिएको थियो ।