दमौली । जेसीआइ व्यासनगरको अध्यक्षमा सुमित ढुंगाना चयन भएका छन् । जेसीआइ व्यासनगरको ३१ औ वार्षिक साधारणसभा तथा ३० औ शाखा अधिवेशनबाट ढुंगाना अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
कार्यकारिणी उपाध्यक्षमा सनम अधिकारी र सुरज गुप्ता, कानूनी सल्लाहकारमा गोपाल थापा, उपाध्यक्षहरुमा अंकित गुरुङ, यम बतास, अनुप राना, विरोध श्रेष्ठ, महासचिवमा रवि भुजेल, कोषाध्यक्षमा डिक्सन मल्ल र सचिवमा विनोदकुमार गोशली चयन भएका छन् ।