१ सय ७६ कोरोना सङ्क्रमित निको, ८ जना आइसाेलेशनमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    १ सय ७६ कोरोना सङ्क्रमित निको, ८ जना आइसाेलेशनमा

    खबरपुञ्ज संवाददाता

    २३ श्रावण २०७७, शनिबार

    तनहुँ । तनहुँ जिल्लामा कोरोना सङ्क्रमित निको हुनेको सङ्ख्या १ सय ७६ पुगेको छ । शनिबार शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचाररत चार जना सङ्क्रमित निको भएसँगै जिल्लामा कोरोना निको हुने १ सय ७२ पुगेका हुन् ।

    जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले उपचार केन्द्रमा उपचाररत चार जना सङ्क्रमितको रिपोर्ट नेगेटिभ आएको बताउनुभयो । जिल्लाका कूल १ सय ८४ जनामा कोरोना सङ्क्रमण भएकामा अब ८ जना मात्रै आइसोलेशनमा उपचाररत छन् ।