दमौली । युवा अभियान्ता सुदीप गफ्फारलाई तनहुँ उद्योग वाणिज्य संघले सम्मान गरेको छ ।
जिल्लाका विभिन्न ठाउँमा सरसफाई अभियान सञ्चालन गरी पुर्याएको योगदानको कदर गरी संघले नवौ तनहुँ महोत्सवको सोमबार समापन समारोहमा गफ्फारलाई सम्मान गरेको हो ।
गफ्फारलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शंकर भण्डारी र संघका अध्यक्ष वैकुण्ठनाथ मिश्रले प्रशंसापत्रले सम्मान गरेका थिए ।