भानुमा प्रहरी र निर्माण व्यवसायीमा कोरोना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भानुमा प्रहरी र निर्माण व्यवसायीमा कोरोना

    खबरपुञ्ज संवाददाता

    ३ भाद्र २०७७, बिहीबार

    तनहुँ : तनहुँको भानु नगरपालिकाका थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार बिहान सार्वजनिक गरेको विवरण अनुसार भानुका दुई पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    सङ्क्रमण पुष्टि हुनेमा भानु नगरपालिका-६ का ३७ वर्षीय र वडा नखुलेका २८ वर्षीय पुरुष रहेका छन् । सङ्क्रमण पुष्टि हुने प्रहरी र निर्माण व्यवसायी रहेको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिनुभयो ।

    यो सहित भानु नगरपालिकामा २६ जना समुदायका व्यक्तिमा कोरोना पुष्टि भएको छ । समुदायका व्यक्तिमा कोरोना सङ्क्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले भानुमा भदौ १४ गतेसम्म निषेधाज्ञा जारी गरेको छ ।