बन्दीपुर अस्पतालमा पॉच प्रकारका विशेषज्ञ सेवा : एक सय ५२ लाभान्वित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुर अस्पतालमा पॉच प्रकारका विशेषज्ञ सेवा : एक सय ५२ लाभान्वित

    खबरपुञ्ज संवाददाता

    २० असार २०८२, शनिबार

    दमाैली, २१ असार । तनहुँको बन्दीपुर अस्पतालमा आज आयोजित स्वास्थ्य परीक्षण एवं परामर्श सेवाबाट एक सय ५२ जना लाभान्वित भएका छन् । अस्पतालमा पाँच प्रकारका विशेषज्ञ सेवा सञ्चालन गरिएका विभिन्न वडाका उक्त सर्वसाधारण लाभान्वित भएका हुन् ।

    अस्पतालका प्रमुख डा. अनिल गिरीका अनुसार हाडजोर्नी तथा नशारोग विभागमा ७४, मेडिसिन विभागमा ३०, बालरोग विभागमा १६, रेडियोलोजिष्टद्वारा अल्ट्रासाउण्ड (भिडियो एक्सरे) विभागमा १६ र स्त्री तथा प्रसुती रोग विभागमा १६ जनाले सेवा लिएका छन् ।

    परीक्षण टिकट निःशुल्क रहेको सेवामा अन्य ल्याव, एक्सरे औषधि लगायत अन्य दिनमा अन्य सेवाग्राही सरह भएको गिरीले बताए । यसले सङ्ख्यात्मक भन्दा पनि गुणात्मक रुपमा वास्तविक आवश्यक रहेका सेवाग्राहीहरुलाई विशेषज्ञ सेवा उपलब्ध गरेको र यो किसिमको सेवा दीर्घकालिन रुपमा मितव्ययी एवं दिगोपना बनाउन अपनाइएको नीति अनुरुप प्रेरित रहेको गिरीले बताउनुभयो ।