


दमौली, १२ साउन । व्यास नगरपालिका-१३ बेलबासका २६ वर्षीय युवा कमलेश चन्द ठकुरी छ दिनदेखि बेपत्ता छन् । उनी साउन ७ गते ऋषिङ गाउँपालिका-१ झापुटारबाट बेपत्ता भएका थिए ।
उनको खोजीका लागि परिवारले प्रहरी कार्यालयमा धर्ना दिएका छन्। प्रहरीले उक्त घटनामा संलग्नको आरोपमा पॉच जनालाई पक्राउ गरेको छ । यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।