विमलनगरकाे पहिराे हटाएर एकतर्फी बाटाे सुचारु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    विमलनगरकाे पहिराे हटाएर एकतर्फी बाटाे सुचारु

    खबरपुञ्ज संवाददाता

    १२ श्रावण २०८२, सोमबार

    दमाैली, १२ साउन । पहिराले अवरुद्ध भएको पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको डुम्रे–आँबुखैरेनी सडकखण्ड सुचारु भएको छ । आज राति ८ः४० बजेदेखि अवरुद्ध भएको उक्त सडकखण्ड एकतर्फी सुचारु भएको हो ।

    बन्दीपुर गाउँपालिका–४ विमलनगरमा सडकभन्दा माथिबाट सुक्खा पहिरा सहित ढुङ्गा खस्दा अवरुद्ध भएको सडक पहिरा पन्छाएर सुचारु गराइएको प्रहरी चौकी डुम्रेका प्रहरी नायब निरीक्षक विजयनाथ यादवले खबरपुञ्जलाई जानकारी दिए ।

    मुग्लिन पोखरा सडक विस्तारका क्रममा यहाँ भित्ता काटेर सडक विस्तार गरिएकाले पहिराको जोखिम बढाएको हो ।