पृथ्वीराजमार्गको ऐनापहराबाट बस खस्यो, पाँच जनाको उद्धार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    पृथ्वीराजमार्गको ऐनापहराबाट बस खस्यो, पाँच जनाको उद्धार

    खबरपुञ्ज संवाददाता

    १८ श्रावण २०८२, आईतवार

    दमाैली, १८ साउन । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा आइतबार दिउँसो बस दुर्घटना भएको छ । गोरखाबाट नारायणगढतर्फ जाँदै गरेको ग २ ख १०७७ नम्बरको बस सडकबाट तल खसेको हो ।

    बस दुर्घटनामा घाइते पाँच जनाको उद्धार भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले जानकारी दिए । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको उनले बताए ।

    मस्र्याङ्दी नदीको माथिल्लो भागमा बस अड्किएको छ । बस तान्नका लागि क्रेन मगाइएको उनले बताए ।