निजामती सेवा दिवसमा मालपाेतका पहिलो सेवाग्राहीलाई सम्मान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    निजामती सेवा दिवसमा मालपाेतका पहिलो सेवाग्राहीलाई सम्मान

    खबरपुञ्ज संवाददाता

    २१ भाद्र २०८२, आईतवार

    दमाैली, २२ भदाै । निजामती सेवा दिवसको अवसरमा मालपोत कार्यालय तनहुँले आज पहिलो सेवाग्राहीलाई सम्मान गरेको छ । कार्यालय पहिलो सेवा लिन आउने भानु नगरपालिका–११ का दीपबहादुर थापालाई कार्यालयले फूलको गुच्छा सहित सम्मान गरेको हो ।

    घरायासी कामका लागि ऋण लिन भानुस्थित जनज्योति बचत तथा ऋण सहकारी संस्थाबाट धितो पासका थापा मालपोत कार्यालय आएका थिए । सम्मानित भएपछि थापाले सरकारी कार्यालयबाट छिटो छरितो सेवा पाउनुपर्ने उल्लेख गरे ।

    मालपोत कार्यालय प्रमुख केशव सुवेदीले सरकारी तथा सार्वजनिक निकायले सेवाग्राहीलाई सम्मानपूर्वक सेवा दिनुपर्छ भन्ने सन्देश दिन पहिलो सेवाग्राहीलाई सम्मान गरिएको बताए । उनले भने, “सार्वजनिक निकायका लागि सेवाग्राही नै सबैकुरा हुन भन्ने कुरा बुझ्नु र बुझाउनु जरुरी छ ।” सुवेदीले कार्यालयमा आएका सेवाग्राहीलाई निजामती कर्मचारी तथा सेवाग्राहीको सुमधुर सम्बन्धले मात्रै सार्वजनिक सेवा प्रवाह प्रभावकारी हुने भन्दै सहकार्य गर्नुपर्नेमा जोड दिए ।