


दमौली, २२ भदौ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका-१ नाहालामा टिप्परको ठक्करबाट आइतबार मोटरसाइकल चालकको मृत्यु भएको छ ।
डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको बा.प्र. ०६-००१प९२३३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको ग२ख१५६१ नम्बरको टिप्परले ठक्कर दिँदा मोटरसाइकल चालक कास्कीको रुपा गाउँपालिका-७ बस्ने ४५ वर्षीय धर्मराज सेनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
मध्यान्ह १२ बजे भएको दुर्घटनामा घाइते सेनलाई प्रदेश अस्पताल दमौलीमा चिकित्सकले १२:४३ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक आशिष विश्वकर्माले जानकारी दिए ।