


दमौली, २५ भदौ । तनहुँ जिल्ला अदालतले मुद्धाको सुनुवाई अनिश्चितकालका लागि स्थगित गरेको छ । मंगलबार भएको प्रदर्शनमा अदालतमा रहेका मिसिल, कार्यकक्ष, सबै कम्प्युटर लगायत सबै संरचना जलेर पूर्ण नष्ट भएकाले सबै मुद्धाको सुनुवाई अनिश्चितकालका लागि स्थगित भएको तनहुँ अदालतले जनाएको छ ।
अदालतले बुधबार सूचना जारी गरी कार्यालय सञ्चालन गर्न असहज परिस्थिति सिर्जना हुन आएकाले आजको लागि तोकिएका मुद्धाका पेशी स्थगित गरिएको र तारेख तोकिएका मुद्धाका तारेख नगुज्रिने साथै भोलिदेखिको पेशीमा चढेका तथा अन्य मुद्धाहरुको हकमा सुनुवाई अर्को सूचना नभएसम्म स्थगित गरिएको जनाएको छ ।
