


दमाैली, २६ भदाै । तनहुँको व्यास नगरपालिका–३ देउरालीनगरस्थित सेती नदीमा बिहीबार एक वृद्धाको शव फेला परेको छ । नदी किनारमा अन्दाजी ५५÷६० वर्षीया वृद्धाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
शरीरको कुनै पनि भागमा कपडा नभएको, कपाल कालोसेतो भएको महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए ।
स्थानीयवासीको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले महिलाको शवको मुचुल्का समेतको प्रारम्भिक कार्य गरी शव परीक्षणका लागि प्रदेश अस्पताल दमौलीमा राखिएको छ ।
शवको सनाखत गर्ने कार्यका लागि घर परिवार तथा आफन्तीहरूको बारेमा स्थानीयवासीसँग बुझ्दा केही विवरण खुल्न नआएको प्रनाउ थापाले बताए । उनले भने, “उचाई ४ फिट ८ इन्च, अनुहार मङ्गोलियन, वर्ण गहुगोरो भएको शवको सनाखतको प्रयास गरिरहेका छौ ।”