आयल निगमले भन्यो : पृथ्वी राजमार्गमा पेट्रोलियम पदार्थको अभाव छैन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    आयल निगमले भन्यो : पृथ्वी राजमार्गमा पेट्रोलियम पदार्थको अभाव छैन

    खबरपुञ्ज संवाददाता

    १० आश्विन २०८२, शनिबार

    काठमाडौं, ११ असोज । पहिरोका कारण देखिएको इन्धन आपूर्तिमा समस्या समाधान भएको छ ।

    मुग्लिन क्षेत्रको पहिरोका कारण पृथ्वी राजमार्गअन्तर्गतका अधिकांश पेट्रोलपम्पहरूमा इन्धन अभाव भएको थियो ।

    पहिरोले ट्यांकर पास हुन नसकेपछि पेट्रोल पम्पमा इन्धन अभाव देखिएको थियो । तर, यो समस्याको समाधान भइसकेको नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले बताए ।

    ‘मुग्लिन-नारायणगढ सडक खण्ड अवरुद्ध भएको कारणले पृथ्वी राजमार्ग अन्तर्गतका पेट्रोल पम्पहरूमा देखिएको पेट्रोलियम पदार्थको अभाव समाधान भइसकेको र अब सो राजमार्ग अन्तर्गतका पेट्रोल पम्पहरूमा पेट्रोलियम पदार्थको अभाव नरहेको व्यहोरा सम्पूर्ण सरोकारवाला पक्षलाई जानकारी गराउन चाहन्छु’, उनले भने ।