ज्योति विकास बैंकद्वारा शुक्लागण्डकी-८ लाई कम्प्युटर सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ज्योति विकास बैंकद्वारा शुक्लागण्डकी-८ लाई कम्प्युटर सहयोग

    खबरपुञ्ज संवाददाता

    २० आश्विन २०८२, मंगलवार

    दमौली, २१ असोज । ज्योति विकास बैंकले शुक्लागण्डकी नगरपालिका-८ नम्बर वडा कार्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको छ । बैंकका थर्पु शाखा प्रमुख अप्सरा रिमालले शुक्लागण्डकी -८ का वडाध्यक्ष नारायण सिं थापालाई एक थान कम्प्युटर हस्तान्तरण गरेकी हुन् ।

    बैंकका शाखा प्रमुख रिमालले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रहेर वडालाई कम्प्युटर हस्तान्तरण गरिएको बताइन् ।

    जेन-जी आन्दोलनमा आगलागी भएको वडा कार्यालयमा पुन: सेवा सुचारु गराउने ज्योति विकास बैंकले पनि थप टेवा पुर्याएको वडाध्यक्ष थापाले बताए । वडा कार्यालय क्षति भएको हुदाँ आफूहरूले यतिबेला कृषि शाखा ढोरफिर्दीमा कार्यालय खडा गरेर सेवा सुरू गरेको बताए ।