एकैदिन चितवनमा तीन कोभिड-१९ संक्रमितको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • वागमती

    एकैदिन चितवनमा तीन कोभिड-१९ संक्रमितको मृत्यु

    खबरपुञ्ज संवाददाता

    ११ भाद्र २०७७, शुक्रबार

    चितवन : चितवनमा थप एक जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। गोरखाका ३८ वर्षका युवाको उपचारका क्रममा शुक्रवार दिउसो २: ३० बजे भरतपुर अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ।

    साउन ६  गते उपचारका लागि अस्पतालमा भर्ना भएका उनमा १० गते कोभिड १९ को संक्रमण पुष्टि भएकाे थियो। उपचारका क्रममा उनको शुक्रवार मृत्यु भएको अस्पतालका कोभिड-१९ क्लिनिकल कोअर्डिनेटर डाक्टर प्रमोद पौडेलले जानकारी दिनुभयाे। शुक्रवार मात्र चितवनमा तीन जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ।  

    बिहान चितवन मेडिकल कलेजमा भएको हेटौंडाकी महिला र श्री पुञ्पाञ्जली अस्पतालमा भरतपुरकै एक पुरुषको मृत्यु भएको थियो।

    फाइल तस्वीर