घाँसीकुवामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    घाँसीकुवामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २७ कार्तिक २०८२, बिहीबार

    दमाैली, २७ कात्तिक । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा बिहीबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    मृत्यु हुनेमा व्यास नगरपालिका–१ भादगाउँ बस्ने १९ वर्षीय जगत बाचे मगर रहेको प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए। दुर्घटनामा मोटरसाइकल चालक व्यास नगरपालिका–१३ बेलबास बस्ने २० वर्षीय निजिन मल्ल घाइते भएका छन् ।

    दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग २३ प ९५४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते बाचे मगरलाई प्रदेश अस्पताल दमौलीमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा छन् ।