तेस्रो मणि कप मङ्सिर १७ देखि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    तेस्रो मणि कप मङ्सिर १७ देखि

    खबरपुञ्ज संवाददाता

    १५ मंसिर २०८२, सोमबार


    दमौली, १५ मंसिर । म्याग्दे गाउँपालिका–४ छिम्लिस्वाँरास्थित मणि युवा क्लवको आयोजनामा मङ्सिर १७ गतेदेखि तेस्रो मणि कप सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । समाज परिवर्तनका लागि युवा अभियान भन्ने नारासहित म्याग्दे गाउँपालिकास्तरीय फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

    स्थानीय स्तरबाटै फुटबल खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको क्लवका अध्यक्ष सङ्गम थापाले जानकारी दिए । प्रतियोगितामा विजेतालाई नगद रु ४० हजार र उपविजेतालाई रु २५ हजार नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिता मनहरि खेलमैदानमा सञ्चालन गरिनेछ ।

    क्लवको २५ औं वार्षिकोत्सवको अवसर पारेर फुटबल प्रतियोगिता गर्न लागिएको हो । समाजसेवी मणिराज रानाको सम्मानमा स्थानीयहरुले विसं २०५७ सालमा क्लव स्थापना गरेका थिए ।