तनहुँ जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्डको उपाधि शुक्लागण्डकीलाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    तनहुँ जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्डको उपाधि शुक्लागण्डकीलाई

    खबरपुञ्ज संवाददाता

    २० मंसिर २०८२, शनिबार

    दमौली, २० मङ्सिर । जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा शुक्रबार सम्पन्न सत्रौ जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्डको उपाधि शुक्लागण्डकी नगरपालिकाले जितेको छ ।

    भिमाद नगरपालिका–६ रङ्गशालामा सकिएको प्रतियोगितामा कूल २९ पदक जित्दै शुक्लागण्डकीले उपाधि जितेको हो । शुक्लागण्डकी नगरपालिका अघिल्लो वर्ष आयोजित सोह्रौ राष्ट्रपति रनिङशिल्डको समेत विजेता हो ।

    शुक्लागण्डकी नगरपालिकाले १५ स्वर्ण, नौ रजत र पाँच कास्य पदक जितेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेले जानकारी दिए ।

    उहाँका अनुसार प्रतियोगितामा व्यास नगरपालिका १२ पदक सहित दोस्रो भएको छ । व्यास नगरपालिकाले पाँच स्वर्ण, चार रजत र तीन कास्य पदक जितेको छ ।

    घिरिङ गाउँपालिका आठ पदक सहित तेस्रो भएको छ । घिरिङले तीन स्वर्ण, तीन रजत र दुई कास्य पदक जितेको छ ।

    ऋषिङ गाउँपालिका तीन स्वर्ण, एक कास्य पदक सहित चौथो, म्याग्दे गाउँपालिका दुई स्वर्ण, छ रजत र चार कास्य पदक सहित पाँचौ, भानु नगरपालिका एक स्वर्ण, एक रजत र पाँच कास्य पदक सहित छैटौ भएको छ ।

    आँबुखैरेनी गाउँपालिका एक स्वर्ण, एक रजत र तीन कास्य पदक सहित सातौ, भिमाद नगरपालिका छ रजत र तीन कास्य पदक सहित आठौ, देवघाट गाउँपालिका तीन कास्य सहित नवौ र बन्दीपुर गाउँपालिका एक कास्य पदक सहित दशौ भएको छ ।

    प्रतियोगितामा दशवटै पालिकाबाट पाँच सय ५० विद्यार्थी सहभागी थिए । प्रतियोगितामा छात्रछात्रा भलिबल, कबड्डी, दौड प्रतियोगितामा विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए ।

    विजेता खेलाडी तथा स्थानीय तहलाई भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदी, उपप्रमुख शारदा खनाल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेले पुरस्कार वितरण गरेका थिए ।

    जिल्लामा पहिलोपटक सदरमुकाम बाहिर राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आयोजना गरिएको हो । यसअघि जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता दमौलीमा हुने गर्दथ्यो ।