भानुमा एकैदिन थपिए २२ कोरोना सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भानुमा एकैदिन थपिए २२ कोरोना सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    १३ भाद्र २०७७, आईतवार

    तनहुँ : तनहुँको भानु नगरपालिकामा समुदायका २२ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । पोखरामा गरिएको परीक्षण अनुसार भानु नगरपालिका–६ र ७ का १९ जना पुरुष र तीन जना महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    कोरोना पुष्टि हुनेमा भानु नगरपालिका–६ का ६९, ४०, २३, ४०, ५१, ४०, ६८, ३८, ६२ वर्षीय पुरुष छन् । त्यस्तै भानु नगरपालिका–७ का ३२, ४६, ३६, ६०, ५६, ३६, ५५, ६०, , २७ र ३८ वर्षीया पुरुष छन् । त्यस्तै वडा नं ७ कै ८, ५४ र २५ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।

    कोरोना सङ्क्रमण पुष्टि हुनेहरु सबै समुदायका व्यक्तिहरु रहेको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिनुभयो । समुदायस्तरमा कोरोना फैलिएपछि नगरपालिकाले पछिल्लो चरणमा भदौ १० गते १ सय ७५ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाएको थियो ।

    भानु नगरपालिकामा भदौ ९ गते पनि वडा नं १ मा ६ जना सङ्क्रमित थपिएका थिए । त्यस्तै भदौ ४ गते दुई, साउन ३२ गते एक, साउन ३१ गते दुई, साउन ३० गते २०, साउन २७ गते एक जना समुदायका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

    यो सहित तनहुँ जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या २ सय ७५ पुगेको छ भने निको हुनेको सङ्ख्या १ सय ९९ रहेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।