


दमौली, ४ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद बन्न तनहुँबाट चार जनाले आवेदन दिएका छन् । रास्वपाले आवेदन माग गरेकामा तनहुँका चार जना इच्छुक देखिएका हुन् ।
सार्वजनिक सूची अनुसार आदिवासी जनजातितर्फ मनकाजी श्रेष्ठ
दलिततर्फ बुद्धिबहादुर पन्त, मुस्लिमतर्फ नुर मोहम्मद मिया र किशोर गन्धर्वले आवेदन दिएका छन् ।
समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टीको आन्तरिक उम्मेदवार छनोट प्रक्रियामा आवेदन दिएकाहरुसँग पुस ५ गते पोखरामा छलफल कार्यक्रम हुनेछ ।
उम्मेदवार छनोट रूपरेखा अन्तर्गत पौष ६–७ गते सम्बन्धित प्रदेशमै घरदैलो कार्यक्रम सञ्चालन गरिने सो पार्टीले जनाएको छ ।
