कुनै पदको लोभले उज्यालो नेपालसँग जोडिएको होइन : गुरुङ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कुनै पदको लोभले उज्यालो नेपालसँग जोडिएको होइन : गुरुङ

    खबरपुञ्ज संवाददाता

    ५ पुष २०८२, आईतवार

    दमौली, ६ पुस । उज्यालो नेपाल पार्टीका गण्डकी प्रदेश संयोजक मनराज गुरुङले कुनै पदको लोभले पार्टीसँग नजोडिएको बताएका छन् । पब्लिक फोरके टिभीलाई आइतबार अन्तवार्ता दिँदै गुरुङले अवसरका लागि उज्यालो नेपालसँग सम्बन्ध नगाँसेको प्रष्ट पारे ।

    पदको लोभ नै हुन्थ्यो भने तत्कालिन पार्टीमै पाउने बताउँदै गुरुङले भने, “प्रमुख मुद्धा आर्थिक रुपान्तरण हो । देश समृद्ध हुनुपर्छ भन्ने हो ।” आजको पुस्ताले आर्थिक रुपान्तरण खोजेको बताउँदै गुरुङले पुराना पार्टीहरुका गतिविधि पुरानै ढर्राबाट चलिरहेको गुरुङको भनाइ छ । राजनीतिक परिवर्तनका लागि दलहरुले खेलेको भूमिकालाई सम्मान रहेको बताउँदै उनले तर आर्थिक रुपान्तरण अब पुराना पार्टी र नेताहरुबाट सम्भव नभएको निष्कर्षसहित नेकपा माओवादी परित्याग गरेको उनले बताए ।

    तत्कालिन माओवादीको मुद्धाले त्यस पार्टीसँग आकर्षित भएर बिसौ वर्ष सदस्य भएपनि जुन मूल्य, मान्यता र आदर्शबाट पार्टीमा जोडिएको भएपनि नेताहरुले त्यस मुद्धा छाड्दै गरेको उनको निष्कर्ष छ ।