राप्रपा व्यास नगर समितिको नयाँ कार्यसमिति गठन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    राप्रपा व्यास नगर समितिको नयाँ कार्यसमिति गठन

    खबरपुञ्ज संवाददाता

    ६ पुष २०८२, सोमबार

    दमौली, ७ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) व्यास नगर समितिको नयाँ कार्यसमिति गठन गरिएको छ। पार्टीको नगर अधिवेशनबाट राजु साखीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।

    नवगठित समितिको सचिवमा बलभद्र श्रेष्ठ चयन भएका छन्। समितिमा उपाध्यक्ष र कोषाध्यक्ष पद हाल खाली राखिएको जनाइएको छ। सदस्यहरूमा रमेश आचार्य, सरला मल्ल, भवननिधी पन्थ, ओजराज पन्थ, देवेन्द्र श्रेष्ठ, सुमित घर्ती, सरिता दरै, तिर्थराज पौडेल, लीलावति कँडेल, नानुमाया बस्नेत, जुन नारायण श्रेष्ठ, दुर्गा पन्थ, सविना पोख्रेल, शुक बहादुर माझी, शुशिल पौडेल, पृथ्वीनारायण श्रेष्ठ, चन्द्रवती पन्थ, शोभा गुरुङ, गौमाया श्रेष्ठ र विनोद कुमार घर्ती चयन भएका छन्।

    बैठकले पार्टी संगठनलाई व्यास नगर क्षेत्रमा थप सुदृढ बनाउने, जनसम्पर्क विस्तार गर्ने तथा पार्टीको नीति र कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने निर्णय गरेको छ।