नेपाल जेसिजको राष्ट्रिय महाधिवेशनमा जेसिआई व्यास नगरलाई तीन अवार्ड
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नेपाल जेसिजको राष्ट्रिय महाधिवेशनमा जेसिआई व्यास नगरलाई तीन अवार्ड

    खबरपुञ्ज संवाददाता

    ८ पुष २०८२, बुधबार

    दमौली, ९ पुस । नेपाल जेसिजको आयोजना तथा जेसिआई जनकपुरको आतिथ्यतामा हालै सम्पन्न नेपाल जेसिजको ५२औँ राष्ट्रिय महाधिवेशनमा जेसिआई व्यासनगर प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ।

    नेपाल जेसिज २०२५ का राष्ट्रिय अध्यक्ष सिनेटर रजनी थापाले जेसिआई व्यासनगरलाई ‘वर्षको उत्कृष्ट क्षेत्रीय सम्मेलन आयोजना गर्ने शाखा’, ‘रणनीतिक योजना अन्तर्गत वर्षको उत्कृष्ट स्थानीय संस्था’ र ‘ एरिया ‘बी’ तर्फको वर्षको उत्कृष्ट कार्यकारिणी उपाध्यक्ष’ अवार्ड प्रदान गरेकी छन् ।

    महाधिवेशनको समापन समारोहमा प्रदान गरिएका यी अवार्डहरूले जेसिआई व्यासनगरको संगठनात्मक सुदृढता, रणनीतिक योजना कार्यान्वयन, नेतृत्व क्षमता तथा क्षेत्रीयस्तरमा गरेको प्रभावकारी भूमिकालाई राष्ट्रिय तहमा मान्यता दिएको जेसिआई व्यास नगर २०२५ का अध्यक्ष सुमित ढुंगानाले बताए ।