तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीको सिन्धुपाल्चोक सरुवा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीको सिन्धुपाल्चोक सरुवा

    खबरपुञ्ज संवाददाता

    १० पुष २०८२, शुक्रबार

    दमौली, ११ पुस ।तनहुँ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रामकृष्ण अधिकारीको सिन्धुपाल्चोक सरुवा भएकाे छ। उनी करिब आठ महिनाको कार्यकालपछि तनहुँबाट सरुवा भएका हुन्।

    गृह मन्त्रालयको निर्णयअनुसार रामकृष्ण अधिकारीलाई सिन्धुपाल्चोक जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको हो। तनहुँमा रहँदा उनले शान्ति सुरक्षा, प्रशासनिक समन्वय तथा विपद् व्यवस्थापनलगायत क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरेका थिए।

    यसैबीच, तनहुँको नयाँ प्रमुख जिल्ला अधिकारीका रूपमा भोजपुर जिल्लाबाट शिवलाल तिवारी आउने भएका छन्। तिवारी यसअघि भोजपुरमा प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत थिए। उनी प्रशासनिक अनुभव र समन्वय क्षमताका लागि चिनिँदै आएका अधिकारी हुन्।