


दमौली, १८ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तनहुँको ९औँ जिल्ला अधिवेशन पुस २० गते आइतबार दमौलीमा हुने भएको छ। अधिवेशनलाई पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
अधिवेशनलाई भव्य र सफल बनाउन जिल्लाका सम्पूर्ण राष्ट्रवादी कार्यकर्ता तथा शुभेच्छुकहरूलाई जिल्ला अध्यक्ष विनोद घर्तीले आग्रह गरेका छन् ।
अधिवेशनले संगठन सुदृढीकरण, आगामी कार्यदिशा तय गर्ने तथा नयाँ नेतृत्व चयन गर्नेछ ।
