एक हप्तादेखि सम्पर्कविहीन महिला मृत फेला
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एक हप्तादेखि सम्पर्कविहीन महिला मृत फेला

    खबरपुञ्ज संवाददाता

    १९ पुष २०८२, आईतवार

    दमौली, २० पुस । तनहुँको भानु नगरपालिका–५ बारीफाँट निवासी ४६ वर्षीया सुष्मा पौडेल मृतावस्थामा भेटिएकी छन् । एक हप्तादेखि सम्पर्कविहीन पौडेल शनिबार मस्र्याङ्दी नदी किनारमा मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

    इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा कार्यरत प्रहरी हवल्दार रुद्र गुरुङ र जवान दीपेन्द्रराज शाहीले नदीमा शव बगिरहेको देखपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहकार्यमा नदीबाट शव निकालिएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । शव परीक्षणका लागि प्रदेश अस्पताल दमौली पठाइएको छभने घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । —