तनहुँ उद्योग वाणिज्य संघको अध्यक्षमा इमकुमार सर्वसम्मत हुने, अन्यमा को को ? (नाम सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ उद्योग वाणिज्य संघको अध्यक्षमा इमकुमार सर्वसम्मत हुने, अन्यमा को को ? (नाम सहित)

    खबरपुञ्ज संवाददाता

    २७ पुष २०८२, सोमबार

    दमौली । तनहुँ उद्योग वाणिज्य संघको अध्यक्षमा इमकुमार मल्ल सर्वसम्मत निर्वाचित हुने भएका छन् । निर्वाचन प्रकिया अनुसार सोमबार उम्नेदवारी दर्ता रहेकामा अध्यक्षमा मल्लको मात्रै उम्मेदवारी परेको हो ।

    अघिल्लो निर्वाचनमै मल्ललाई अध्यक्ष बनाउने सहमति भएको थियो । उनी हालका वरिष्ठ उपाध्यक्ष हुन्।

    वरिष्ठ उपाध्यक्ष पदमा कुमार मल्ल र सुबोध अधिकारीको उम्मेदवारी परेको छ ।

    त्यस्तै प्रथम उपाध्यक्ष पदका लागि दिनेशकुमार श्रेष्ठ, सुरेश पुरी र दीपक कोइरालाको उम्मेदवारी परेको छ ।

    द्वितीय उपाध्यक्ष पदमा प्रकाशचन्द्र हड्खले, राजकुमार श्रेष्ठ र भिमलाल श्रेष्ठको उम्मेदवारी परेको छ ।

    कोषाध्यक्ष पदका लागि शिवओम मल्ल, भूपाल आले मगर र महेशकुमार मल्लको उम्मेदवारी परेको छ ।

    यसैगरी वस्तुगत सदस्य पदतर्फ अधिकृत विक्रेता संघ, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा तनहुँ र तनहुँ सुनचाँदी व्यवसायी संघको उम्मेदवारी परेको छ ।

    निर्वाचन प्रकिया अनुसार मंगलबारसम्म उम्मेदवारी फिर्ताको समय रहेको छ ।