तनहुँ-१ मा नेकपाबाट विद्यानाथ ढकालको उम्मेदवारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ-१ मा नेकपाबाट विद्यानाथ ढकालको उम्मेदवारी

    खबरपुञ्ज संवाददाता

    ६ माघ २०८२, मंगलवार

    दमौली, ६ माघ । नेपाली कम्युनिस्ट पार्टीबाट तनहुँ–१ प्रतिनिधि सभा निर्वाचन क्षेत्रका लागि विद्यानाथ ढकालले उम्मेदवारी दर्ता गराएका छन्। आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय, तनहुँमा उनले आवश्यक कागजातसहित आफ्नो मनोनयन पत्र दर्ता गराएका हुन्।

    उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उम्मेदवार ढकालले जनताको हित, सुशासन र समावेशी विकासलाई आफ्नो प्रमुख एजेन्डा बनाउने बताएका छन्। उनले तनहुँ–१ क्षेत्रमा देखिएका पूर्वाधार विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रका समस्यालाई प्राथमिकताका साथ समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे।

    नेपाली कम्युनिस्ट पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थितिमा उम्मेदवारी दर्ता गरिएको थियो। पार्टीले विद्यानाथ ढकाललाई जनमुखी र संगठनप्रति प्रतिबद्ध नेताका रूपमा प्रस्तुत गर्दै निर्वाचनमा सशक्त प्रतिस्पर्धा गर्ने दाबी गरेको छ।