


दमौली, १५ माघ । तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार विद्या ढकाललाई विजयी गराउने उद्देश्यसहित नेपाली कम्युनिष्ट पार्टीको चुनावी अभियान अन्तर्गत बिहीबार ऑबुखैरेनीमा बैठक सम्पन्न भएको
बैठकले १००१ सदस्यीय निर्वाचन प्रचार–प्रसार समिति तथा ३०१ सदस्यीय युवा–विद्यार्थी परिचालन समिति गठन गरेको छ। आगामी निर्वाचनलाई लक्षित गर्दै घरदैलो अभियान, जनसम्पर्क तथा मतदाता अभिमुखीकरण कार्यक्रमलाई तीव्र बनाउने निर्णय बैठकले गरेको छ।
बैठकमा सहभागी वक्ताहरूले जनताको समस्या र चाहनालाई केन्द्रमा राखेर चुनावी अभियान सञ्चालन गरिने बताएका छन्। उनीहरूले “जनताका कुरा सारा, यसपालि मत पाँचकुने तारा” भन्ने नारासहित चुनावी मैदानमा उत्रिएको स्पष्ट पारे।
नेपाली कम्युनिष्ट पार्टीले तनहुँ–१ मा संगठित शक्ति, युवा सहभागिता र व्यापक जनसमर्थनका आधारमा उम्मेदवार विद्या ढकाललाई जिताउने दाबी गरेको छ।
