कांग्रेस उपसभापति शर्मा आज दमौली आउँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कांग्रेस उपसभापति शर्मा आज दमौली आउँदै

    खबरपुञ्ज संवाददाता

    ३ फाल्गुन २०८२, सोमबार

    दमौली, ४ फागुन । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा दमौली आउने भएका छन्। कांग्रेस तनहुँले आयोजना गरेको चुनावी कार्यक्रमलाई सम्बोधन गर्न उनी तनहुँ सदरमुकाम दमौली आउन लागेका हुन्।

    पार्टीका जिल्ला सचिव लक्ष्मीभक्त खनालका अनुसार कार्यक्रममार्फत आगामी निर्वाचनको रणनीति, संगठन सुदृढीकरण र कार्यकर्तालाई उत्साहित गर्ने उद्देश्य राखिएको छ।

    शर्माले सम्बोधनका क्रममा वर्तमान राजनीतिक अवस्था, पार्टीको धारणा तथा आगामी योजनाबारे स्पष्ट पार्ने जनाइएको छ।