राष्ट्रिय प्रजातन्त्र दिवसमा बन्दीपुर सहिद स्मारकमा माल्यार्पण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    राष्ट्रिय प्रजातन्त्र दिवसमा बन्दीपुर सहिद स्मारकमा माल्यार्पण

    खबरपुञ्ज संवाददाता

    ६ फाल्गुन २०८२, बिहीबार

    दमौली, ७ फागुन । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा बिहीबार बन्दीपुर सहिद स्मारकमा मूल समारोह समितिको आयोजनामा विशेष कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै संविधान सभा सदस्य रामचन्द्र पोख्रेलले देशमा लोकतन्त्र स्थापनाका लागि सहिदहरूले गरेको त्याग, समर्पण र बलिदानको उच्च प्रशंसा गरे। उनले सहिदहरूको योगदानकै कारण नेपाल आजको राजनीतिक परिवर्तन र संघीय लोकतान्त्रिक व्यवस्थासम्म आइपुगेको उल्लेख गर्दै उनीहरूको आदर्श र मार्गदर्शनलाई आत्मसात् गर्नुपर्ने बताए। “सहिदको सपना पूरा गर्नु नै उनीहरूप्रतिको सच्चा सम्मान हो,” उनले भने।

    जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले सहिद दिवसको मूल कार्यक्रम बन्दीपुरमा आयोजना गरिएको जानकारी दिँदै सहिदहरूले देखाएको बाटोमा अघि बढे मात्र लोकतन्त्र सुदृढ र समृद्ध राष्ट्र निर्माण सम्भव हुने धारणा राखे। उनले लोकतान्त्रिक मूल्य, मान्यता र संविधानको मर्मअनुसार कार्य गर्न सबै पक्षलाई आग्रह गरे।

    कार्यक्रममा बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा, प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारी, सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मी, प्रहरी उपरीक्षक टेकेन्द्र कार्कीलगायत विभिन्न सरकारी कार्यालयका प्रमुख तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।