५ वर्षमा ५ लाख ५५ हजार पर्यटक भित्र्याउने गोबिन्द भट्टराईको प्रतिबद्धता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ५ वर्षमा ५ लाख ५५ हजार पर्यटक भित्र्याउने गोबिन्द भट्टराईको प्रतिबद्धता

    खबरपुञ्ज संवाददाता

    १५ फाल्गुन २०८२, शनिबार

    दमौली, १६ फागुन । तनहुँको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यसहित नेपाली कांग्रेसका तर्फबाट तनहुँ-१ का उम्मेदवार गोविन्द भट्टराईले आगामी पाँच वर्षभित्र ५ लाख ५५ हजारभन्दा बढी पर्यटक भित्र्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

    उनले जिल्लामा रहेको प्राकृतिक सौन्दर्य, धार्मिक आस्था केन्द्र र ऐतिहासिक स्थलहरूको संरक्षण तथा प्रवर्द्धनमार्फत तनहुँलाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने योजना रहेको बताए।

    उनका अनुसार पर्यटन पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै सडक, आवास, सूचना केन्द्र तथा अन्य आवश्यक सेवासुविधा विस्तार गरिनेछ। साथै, पर्यटन क्षेत्रमा लगानी वृद्धि गर्न विदेशी लगानीकर्ता तथा निजी क्षेत्रसँग सहकार्य गरिने उनले उल्लेख गरे।

    भट्टराईले पर्यटन विकाससँगै स्थानीय युवाका लागि रोजगारी र उद्यमशीलताको अवसर सिर्जना हुने विश्वास व्यक्त गरे। “समृद्ध तनहुँ निर्माणका लागि पर्यटन क्षेत्र नै प्रमुख आधार बन्न सक्छ,” उनले भने।

    उनले आफ्नो अभियानलाई सफल बनाउन तनहुँवासीको साथ र विश्वास आवश्यक रहेको समेत बताए।