


दमौली, २८ फागुन । तनहुँ क्षेत्र नम्बर १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले निर्वाचन खर्च विवरण बुझाएका छन् । वाग्लेले प्रतिनिधि पदमराज न्यौपानेमार्फत् बिहीबार निर्वाचन कार्यालयमा खर्च विवरण बुझाएका हुन् । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य वाग्ले रास्वपाको उपसभापति हुन् ।
उनले बुझाएको विवरण अनुसार रु २६ लाख ९० हजार सात सय ५४ खर्च भएको छ । विवरण अनुसार मनोनयन दर्तामा रु दश हजार, मतदाता नामावली खरिदमा रु तीन हजार, प्रचारप्रसार सामग्री खरिद तथा प्रिन्टमा रु छ लाख ५० हजार दुई सय ९८, विद्युतीय प्रचारप्रसारमा रु तीन लाख ४८ हजार चार सय ६४, कार्यालय सञ्चालन खर्चमा रु चार लाख २० हजार, बुध प्रतिनिधि परिचालनमा रु तीन लाख १९ हजार तीन सय, सवारी साधन तथा इन्धन खर्चमा रु चार लाख ५० हजार, खाना खाजा तथा अस्थायी बसोबासमा रु तीन लाख ४८ हजार नौ सय र विविधमा रु एक लाख ४० हजार सात सय ९२ खर्च भएको छ ।
